शुक्रबार, जेठ ४, २०८१

सातामा तीन अर्ब ३७ करोड ५० लाखको सेयर कारोबार

नेपालखोज २०८० वैशाख २९ गते १३:४०

काठमाडौ । यो साता नेप्से १८ सय ३८ दशमलव ५९ अङ्कमा सीमित भएको छ । यसै गरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ५३ दशमलव शून्य नौ अङ्कमा सीमित भएको छ ।

सातामा कुल दुई सय ७० वटा कम्पनीहरूको एक लाख एक हजार सात सय १९ पटकको कारोबारमा एक करोड १७ लाख ११ हजार आठ कित्ता शेयर किनबेच भएका छन् । सोही आधारमा यो साता कुल कारोबार रकम तीन अर्ब ३७ करोड ५० लाख ५४ हजार चार सय १३ रुपैयाँ कायम भएको छ । यो कारोबार रकम गत भन्दा सामान्यरुपमा बढी हो ।

गत साता दुई सय ७६ वटा कम्पनीहरूको ८७ हजार नौ सय ८१ पटकको कारोबारमा एक करोड दुई लाख ३२ हजार तीन सय ७५ कित्ता शेयर किनबेच भएका थिए । जसबाट उक्त साता कुल दुई अर्ब ९९ करोड ९५ लाख ४९ हजार नौ सय ६१ रुपैयाँको सेयर कारोबार भएको थियो ।

यो साता नेप्से पाँच कारोबार दिन नै खुल्ला रहेकोमा पहिलो, दोस्रो, चौथो र पाँचौँ दिन नेप्से घटेको थियो भने तेस्रो दिन बढेको थियो ।

जसमध्ये पहिलो दिन १९ दशमलव १२ अङ्कले घटेर १८ आठ सय ५० दशमलव ६१ अङ्कमा झरेको नेप्से अन्तिम कारोबार दिन पनि तीन दशमलव ३४ अङ्कले घटेर १८ सय ३८ दशमलव ५९ अङ्कमा खुम्चिएको थियो ।

यसै गरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन तीन दशमलव १४ अङ्कले घटेर तीन सय ५४ दशमलव ७८ अङ्कमा झरेकोमा अन्तिम कारोबार दिन पनि शून्य दशमलव ७१ अङ्कले ओरालो लागेर तीन सय ५३ दशमलव शून्य नौ अङ्कमा खुम्चिएको थियो ।

यो साता शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली, एनआईसी एसिया बैङ्क आदिको बढी रकम कारोबार भएका छन् भने शिवम सिमेन्ट, हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदिको बढी सङ्ख्यामा सेयर किनबेच भएका छन् ।

बजार पुँजीकरणको आधारमा भने नेपाल टेलिकम, नबिल बैङ्क, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अगाडि परेका छन् ।

प्रतिक्रिया