नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने समय आएको छ : शेखर कोइराला
नेपालखोज
२०८० वैशाख ३० गते ९:१३

काठमाडौं । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने समय बताएका छन् ।
भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौँ ।
तसर्थ राज्यको जुनसुकै तह र तप्काकाे जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्दछ ।
यो देशको शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढदाे छ, यसले हामीले दशकै सङ्घर्ष गरेर ल्याएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारेको छ ।
अब समय आएको छ भ्रष्टाचार विरुद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने बताए ।
सम्बन्धित

प्रतिक्रिया