भ्रष्टाचार रोक्न भन्दै एक युवा ५ घण्टादेखि विद्युत हाइटेसन लाइनमा
नेपालखोज
२०८० वैशाख ३० गते ११:०४

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी भ्रष्टाचार रोक्न माग राख्दै बिजुलीको हाई भोल्टेज प्रसारण लाइनको पोलमा चढेका छन् ।
उनी सडकमा निर्माण भइरहेको रिटेनिङ वाल निर्माणको काम गुणस्तरीय नभएको भन्दै १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलमा चढेका हुन् ।
उनले गुणस्तरहीन काम रोक्न माग गरेका छन् । गाउँपालिका अध्यक्ष जित नारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफनो मागलाई वेवास्ता गरे आत्मदाह गर्ने चेतावनी समेत दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया