शनिबार, असार २१, २०८२

धादिङमा गुडरहेको बसमा आगलागी

नेपालखोज २०८० वैशाख ३० गते १३:२४

काठमाडौं । त्रिभुवन राजमार्ग अन्तर्गत धादिङको धुनिबेशी-९ गणेशस्थानमा गुडिरहेका बसमा अचानक आगलागी भएको छ ।

नीलकण्ठ नगरपालिका-१ पात्लेबाट काठमाडौंका लागि छुटेको ग१ख ४८४७ नम्बरको बसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक (एसपी ) गौतम मिश्रले जानकारी दिए ।

३३ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल छन् । बसका सिट भने जलेर नष्ट भएका छन् । राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिएको बताइएको छ ।

प्रतिक्रिया