शनिबार, असार २१, २०८२

शुक्र हाउस अफ डाइग्नोष्टिक एण्ड वेलनेस सेन्टरको शुभारम्भ

नेपालखोज २०८० वैशाख ३० गते १३:४२

काठमाडौं । काठमाडौंको पानीपोखरीबाट शुक्र हाउस अफ डाइग्नोष्टिक एण्ड वेलनेस सेन्टर प्रा.लि.ले सुविधासम्पन्न प्रयोगशालाको सेवा सुरु गरेको छ । शनिवार आयोजित कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा अर्थशास्त्री डा. स्वर्णीम वाग्लेले शुक्र हाउसको शुभारम्भ गरे ।

रिवन काटेर शुक्र हाउसको उद्घाटन गरेका डा. वाग्लेले नागरिकमैत्री सेवा प्रवाहका लागि आग्रह गरे । मूलुकभर १५/२० प्रतिशत नागरिक विकासको मूल प्रवाहबाट छुटेकाले उनीहरुको स्वास्थ्यमाथि पहुँच पुर्याउन शुक्र हाउसले भूमिका खेल्न विश्वास व्यक्त गरे ।

उनले भने, ‘ ठूलो तप्का विकासको मूल प्रवाहबाट बञ्चित हुनु परेको छ । तनहुँ जस्तो राजमार्गको दायाँबायाँ भएका गाउँमा त मैले त्यस्तो पाए भने कर्णालीका सुदुर बस्तीहरु मधेशका सुदर वस्तिहरु, जहाँ मानव विकास सुचकांक कमजोर भएका बस्तिका नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्याउनका लागि भूमिका खेल्नुपर्छ ।’ शुक्र हाउसको सेवाले विपन्न वर्ग पनि उत्तिकै लाभान्वित हुनुपर्ने धारणा राखे ।

‘स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा नागरिकको पहुँचका लागि राज्यले सबैथोक गर्न सक्दैन् । राज्यले बनाएको रोडम्यापमा नीजि क्षेत्रको सक्रियता आवश्यक छ । स्वास्थ्य सेवा प्रवाह गर्ने द्येय स्थापना भएका संस्था सेवामूखि नै हुनुपर्छ ।’सांसद वाग्लेले भने ।शुक्र हाउसका अध्यक्ष प्रा.डा.मम्ता लाखेले नेपालकै समस्यालाई समाधान गर्नका लागि नीजि क्षेत्रबाट प्रयोगशालाको स्थापना गरिएको बताइन् ।

उनले भनिन्, ‘परीक्षणहरु स्वदेशमा हुन नसकी देश बाहिर पठाउनु पर्ने बाध्यताका कारण उपचारमा ढिलासुस्ती, गुणस्तरमा कमी आउनुका साथै ठूलो धनराशी समेत बाहिरिएको अवस्थामा १२५ जना विज्ञ चिकित्सक र समाजका प्रतिष्ठित व्यक्तिहरुको संलग्नतामा संस्थाको स्थापना गरेका हौँ ।’ उनले सेवाग्राहीलाई गुणस्तरिय सेवा प्रवाह गर्नु मूल उद्देश्य रहेको जानकारी दिइन् ।

शुक्र हाउसले विश्वकै उत्कृष्ट (US FDA and European CE Certified)उपकरणहरु भित्राइएको छ । एक घण्टामा ८ सय भन्दा बढी विभिन्न किसिमको वायोकेमिकल परीक्षणबाट मिर्गौला, कलेजो, मुटुका समस्या पहिचान गर्न सहयोग गर्ने जनाइएको छ ।

शुक्र हाउसका प्रबन्ध निर्देशक डा. राकेश कुमार साहले करिब ७० प्रतिशत परीक्षण देशबाहिर गर्नुपर्ने समस्यालाई अन्त्य गर्दै गुणस्तरिय सेवा प्रवाहका लागि प्रयोगशाला सेवा सुरु गरेको बताए । उनले भने, ‘आगामी २ देखि ५ बर्ष भित्रमा ७ वटै प्रदेश र ७७ वटै जिल्लामा प्रयोगशाला ल्यावको शाखा विस्तार गर्ने र नेपालभरका नागरिकलाई गणस्तरिय सेवा दिने योजनामा छौँ । हाम्रो प्राथमिकता सेवामा हुनेछ ।

शुक्र हाउस अफ डाइग्नोष्टिक एण्ड वेलनेस सेन्टर प्रा.लि.ले विभिन्न प्रकारका क्यान्सर रोग पहिचान गर्ने पद्धती (Immunofluorescence, Immunohistochemistry, PCR)भित्राइएको जनाएको छ । जस्ले माइक्रोबायोलोजी अनतरगत अत्याधुनिक उपकरणबाट श्वासप्रश्वास, पाचन प्रणालीका रोग पहिचान गर्न सकिनेछ ।

प्रतिक्रिया