जनताले महसुस गर्ने गरी काम गर्छौ : मुख्यमन्त्री पाण्डे
नेपालखोज
२०८० वैशाख ३० गते १५:१९

ढोरपाटन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताले अनुभूति हुने गरी काम गर्ने बताएका छन् ।
नेपाली काँग्रेस बागलुङले आयोजना गरेको भेटघाट कार्यक्रममा उनले आगामी नयाँ आर्थिक वर्षमा आउने बजेटमा जनताको आवश्यकतासँग जोडिएका कार्यक्रम समावेश हुने बताए ।
‘आगामी आर्थिक वर्षको बजेट जनताका आवश्यकताका आधारमा आउँछ, कनिका छरे जस्तो बजेटले विकास हुन सक्दैन, जनताले देख्ने र महसुस गर्ने गरी काम गर्नेछौँ’, उनले भने ।
साना योजना र कामका लागि स्थानीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया