बुधबार, जेठ २९, २०८२

सरकारको मुख्य कार्यभार सुशासन : मन्त्री गुरुङ

नेपालखोज २०८० वैशाख ३० गते १५:२६

चितवन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ्ले सरकार अहिले जनता बचाउने अभियानमा लागेको बताएका छन् ।

आज यहाँ पत्रकारसँग कुराकानी गदै उनले नेता बचाउने भन्दा पनि जनता बचाउने कुरा ठूलो रहेको बताएका हुन् । उनले भने, ‘अहिलेको मन्त्रिपरिषद्को मुख्य कार्यभार सुशासन हो । सरकार त्यही अनुरुप अघि बढेको छ ।’

भुटानी शरणार्थीमा महाअपराध भएको भन्दै उनले यो सामान्य घटना नभएको बताए उनले घटनामा संलग्न जो सुकै भए पनि कानुनी दायरामा ल्याइने उ्नको भनाइ छ ।

‘भ्रष्टाचारीको कुनै जात, धर्म, वर्ण, लिङ्ग, क्षेत्र, राजनीति पार्टी हुँदैन भन्ने मान्यता स्थापना गर्न र सुशासन स्थापनाका लागि अहिलेको सरकार लागेको छ’, उनले भने ।

शरणार्थीको बिषयमा दबाब आइरहेको बताउँदै उनले भने, ‘जति सुकै दबाब आए पनि सुशासन स्थापना गर्ने बाटोमा सरकार अग्रसर हुनेछ ।’

नेपाली काङ्ग्रेसका उपसभापति समेत रहेका गुरुङले भ्रष्टाचारको मुद्धामा नेताहरु मुछिएको घटनाबारे पार्टीभित्र छलफल भइरहेको जानकारी दिए ।

नेपाली काङ्ग्रेसको चाहना निष्पक्ष र स्वतन्त्र ढङ्गबाट छानबिनमा होस भन्ने रहेको उनको भनाइ छ । छानविनका लागि सहयोग गर्नुपर्छ भन्ने कुरा पार्टीभित्र भएको उ्नले जानकारी दिए ।

अपराधीले उन्मुक्ति पाउनु हुँदैन भन्नेमा सरकार र पार्टी रहेको भन्दै उनले भ्रष्टचारमा मुछिएकालाई निलम्बन गर्नुपर्ने बिषयमा पार्टीभित्र छलफल नभएको बताए ।

प्रतिक्रिया