हाइटेन्सन पोलबाट ११ घन्टापछि ओर्लिए माझी
नेपालखोज
२०८० वैशाख ३० गते १८:१५

विराटनगर । हाइटेन्सन लाइन प्रशार भएको पोलमा चढेका मोरङ बुढीगंगाका युवा दिनेशकुमार माझी ११ घण्टापछि ओर्लिएका छन् । बाटो निर्माणमा अनियमितता भएको भन्दै बिजुलीको हाई टेन्सन पोलमा चढेको ११ घण्टापछि माझी सकुशल ओर्लिएका हुन ।
अध्यक्ष र उपाध्यक्ष सहित गाउँपालिकाका जनप्रतिनिधिहरूले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उनी सकुशल पोलबाट ओर्लिएका हुन् ।
दिनभरि सुरक्षाकर्मीले निरन्तर प्रयास गरेपनि उनी पोलबाट झर्न मानेका थिएनन् । १ लाख ३२ हजार भोल्ट विद्युत् दौडिरहेको पोलमा उनी ११ घण्टा बसेका थिए । पोलमा मानिस चढेको जानकारी गराएको भएपनि नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेको थिएन ।
सम्बन्धित
प्रतिक्रिया