भाउजुको पसल छ…
अर्जुन पराजुली
२०८० वैशाख ३० गते २०:३७

मेरो देशमा
भाउजुको पसल छ
दाजुको पसल छ
बाको पसल छ !
भाउजुको पसलबाट भाउजुले
देवर नन्द बेच्नुहुन्छ !
दाजुको पसलबाट दाजुले
भाइ–वहिनी बेच्नुहुन्छ !
र
बाको पसलबाट बाले
छोराछोरी बेच्नुहुन्छ !


अर्जुन पराजुली
अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।
सम्बन्धित
प्रतिक्रिया