सोमबार, वैशाख ३१, २०८१

‘नेपाली युद्धसाहित्य’ सार्वजनिक

नेपालखोज २०८० वैशाख ३१ गते ६:२७

काठमाडौं । साहित्यकार विष्णु भण्डारीको गैरआख्यानात्मक कृति ‘नेपाली युद्धसाहित्य’ शनिवार सार्वजनिक गरिएको छ ।

‘भुँडीपुराण प्रकाशन’ले बजारमा ल्याएको सो कृति पाँच सय पृष्ठको रहेको छ । सौन्दर्यचिन्तक मोहन वैद्य, अर्का माक्र्सवादी सौन्दर्यचिन्तक निनु चापागाईँ, कवि तथा समालोचकद्वय डा. अमर गिरी र डा. विन्दु शर्माले संयुक्तरूपमा सो कृति सार्वजनिक गरे ।

कार्यक्रममा कृतिमाथि टिप्पणी गर्दै सौन्दर्यचिन्तक वैद्यले शान्ति र बुद्धको देश भन्दै आएकामा वीरगाथा कालदेखि जनयुद्ध कालसम्म भएका युद्धमाथि लेखिएको साहित्यलाई एकै ठाउँ राखेर अध्ययन गरिएको बताए ।

सौन्दर्यचिन्तक चापागाईँले नेपाली युद्धसाहित्यमाथि कमै लेखिएकामा सबै कृतिलाई समेटेर युद्धसाहित्यको अध्ययन गरेकाले यस कृतिको महत्व बढी भएको बताए ।

प्रतिक्रिया