बिहीबार, वैशाख २०, २०८१

आक्रोश

रामबाबु दाहाल २०७८ जेठ २२ गते ९:००

एकाबिहानै ब्युझन्छु
चराहरुको चिरविर र खलबल आबाजसंग
म ब्युझनुकालागि
उनिहरुको यो गतिबिधी
वा प्रकृतिस्थ नियमितता
त्यता सोच्दिन
अंह पटक्क सोच्दिन !
म त मेरो टुटेको सपना
मेरो दु:खेको मन
र मेरो देश
जहॉ म अनागरिक
बॉचिरहेछु
त्यहा किन
यि चराहरु
उन्मुक्त स्वरहरूमा गाइरहेका होलान
बिहानीको सिर्सिरे बतासको धुनसंग
यो बिहानी
भयसंग उठेको छ
भरे केहि छिनमै
मलाम जानुपर्ने वा
जा ! है बिचरा !
समबेदना सुस्कुराउनु पर्ने
वा शब्द श्रद्धान्जली लेख्नु पर्ने
यस्तो समय
यो बिहान म
ब्युझिएको छु झस्कँदै…
सन्जालमा ताजा समाचार छ
लामबद्ध सत्तायाचना
र महामारीबाट मृत्यु ।

प्रतिक्रिया