मदर्स डे स्पेसल
नेपालखोज
२०८० वैशाख ३१ गते ८:४१

काठमाडौं । आमाको निस्वार्थ प्रेमले सामान्य शिशुलाई पनि ठूला काम गर्न सक्षम बनाउँछ ।
जहाँ आमाको सम्मान हुँदैन, त्यहाँ देवी-देवताले पनि आशिर्वाद दिँदैनन्, जहाँ आमाको सम्मान हुन्छ, त्यहाँ सुख, शान्ति र सुख हुन्छ ।
आमा शिक्षित हुन वा नहुन , संसारको दुर्लभ ज्ञान आमाबाट मात्र प्राप्त हुन्छ । एउटि आमाले सबैको ठाउँ लिनसक्छिन् तर यो संसारमा कसैले पनि आमाको ठाउँ लिन सक्दैनन ।
आमाको जस्तो छहारि कतै पाइदैन , आमाको जस्तो सहारा कहिँ मिल्दैन भने आमाको जस्तो रक्षा कसैले गर्न सक्दैन ।
आमा मानिसका लागि मात्र नभई देवताका लागि पनि पूजनीय छिन् । आमा धर्ती भन्दा धेरै भारी छिन । आमा जस्तो सहिष्णु कोहि छैनन । आमा सबै तीर्थ भन्दा महान छिन ।
सम्बन्धित
प्रतिक्रिया