तीन दलका शीर्ष नेता आज पनि छलफलमा
नेपालखोज
२०८० वैशाख ३१ गते १०:४२

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले चलिरहेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीच बालुवाटारमा छलफल चलिरहेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भइरहेको बताइएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रभावशाली नेताहरुसमेत मुछिन थालेपछि यी प्रमुख दलका शीर्ष नेताहरुबीच पटक-पटक छलफल र भेटघाट हुँदै आएको छ । तर भेटमा छलफल भएका विषय सार्वजनिक गरिएको छैन ।
सम्बन्धित
प्रतिक्रिया