नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वसभासद् विरुद्ध पक्राउ पुर्जी जारी
नेपालखोज
२०८० वैशाख ३१ गते ११:३७

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसरले बताएको हो ।
शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ ।
सम्बन्धित

प्रतिक्रिया