टोपबहादुर रायमाझी काठमाडौंबाट पक्राउ
नेपालखोज
२०८० वैशाख ३१ गते २०:५७

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यस दिन अर्घाखाँचीमा रहेका उनी फरार थिए ।
यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।
सम्बन्धित

प्रतिक्रिया