बिहीबार, जेठ ३०, २०८२

नेपाली समाजमा भ्रष्टाचार अजिङ्गर भन्दा खतरनाक : नेता खनाल

नेपालखोज २०८० जेठ १ गते ११:३९

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनालले नेपाली समाजमा भ्रष्टाचार अजिंगरभन्दा खतरनाक हुँदै गएको औंल्याएका छन् ।

भ्रष्टाचारले नेपाली समाजलाई बेरिरहेकाले यसको अन्त्य तुरुन्तै हुनुपर्ने उनले बताएका हुन् ।

आज अनेरास्ववियु र युवासंघको ५९औं स्थापना दिवस अवसरमा शुभकामना दिँदै नेता खनालले भ्रष्टाचारकै कारण देशले चौतर्फी संकटको सामना गरेको बताएका छन् ।

उनले युवा तथा विद्यार्थीलाई लक्षित गर्दै भने, ‘तपाईंहरूलाई थाहा छ । देश यतिबेला चौतर्फी संकटबाट गुज्रिरहेको छ । भ्रष्टाचाररुपी अजिंगरले सिंगो समाजलाई सास फेर्न नसक्ने गरी बेरिरहेको छ ।’

प्रतिक्रिया