शुक्रबार, जेठ ३, २०८२

पहिले ‘प्रेमिका’को हत्या, त्यसपछि फेसबुक लाइभ गरेर आत्महत्या

नेपालखोज २०८० जेठ १ गते १२:३६

रांची । एक भारतिय युवकले प्रेमिकाको हत्या गरी आफुले आत्महत्या गरेका छन् । आत्महत्या गर्नुभन्दा ठीक २३ घन्टाअघि १३ मे साँझमा उनले आफ्नी कथित प्रेमिकाको त्यही पेस्तोलले गोली हानी हत्या गरेका थिए र त्यसले आफूलाई टाउकोमा गोली हानेका थिए ।

उसकी प्रेमिका निवेदिता २० वर्षकी मात्र थिइन् । मे १२ साँझमा निवेदितालाई गोली हानेपछि अंकित फरार भएका थिए । उनले आफ्नो फोन नम्बर स्वीच अफ गरेका थिए ।

प्रहरीले उनको खोजी गरिरहेको थियो । त्यसपछि, मे १३ साँझमा उनी आफ्नो सामाजिक सञ्जालमा लाइभ आए ।

उनले निवेदिताको हत्या गरेको स्वीकार गरेका छन् । लाइभका क्रममा उनले टाउको नजिकै पेस्तोल राखेर आत्महत्या गर्न लागेको बताएका थिए । त्यसपछि लाइभ बन्द भयो । –BBC Hindi

प्रतिक्रिया