शुक्रबार, जेठ ४, २०८१

वैज्ञानिकहरूले चट्याङको बाटो परिवर्तन गरे

नेपालखोज २०७९ फागुन १६ गते ७:१६

स्विट्जरल्याण्डमा एउटा प्रयोग गरेर वैज्ञानिकहरूले आकाश बाट खस्ने चट्याङको बाटो मोडेका छन् । यो प्रविधिले चट्याङबाट हुने क्षतिबाट भवनलाई जोगाउन मद्दत गर्न सक्छ । १७५० मा जब बेन्जामिन फ्रैंकलिनले आफ्नो प्रसिद्ध चंगा प्रयोग गरे उनले पहिलो बिजुलीको डण्डी बनाए । त्यसपछि उनले चङ्गाको चाबी बाँधेर आँधीमा उडाए । त्यतिबेला उनले सोचेका पनि थिएनन् कि आउने धेरै शताब्दीका लागि यो उत्तम मार्ग साबित हुनेछ।

वैज्ञानिकहरूले अब त्यो खोजलाई सुधार गर्न केही ठोस कदम चालेका छन् । वैज्ञानिकहरुले लेजरको सहायताले खसेको चट्याङको बाटो मोड्न सफल भएका छन् । उत्तरपूर्वी स्विट्जरल्याण्डको माउन्ट सान्टिसको चुचुरोबाट आकाशतिर लेजर फ्याँकेर खसेको चट्याङक‍ मोडेको समाचारमा बताईएक‍ो छ ।

यो प्रविधिमा थप सुधार गरेपछि यसलाई महत्वपूर्ण भवनको संरक्षणमा प्रयोग गर्न सकिने र चट्याङका कारण स्टेशन, विमानस्थल आदि महत्वपूर्ण भवनहरु क्षति हुनबाट जोगाउन सकिने वैज्ञानिकहरुले बताएका छन् । यसले भवनलाई मात्र फाइदा पुग्दैन, सञ्चारका साधन तथा विद्युत लाइन जस्ता महत्वपूर्ण सुविधाको सुरक्षासँगै वर्षेनी हजारौंको ज्यान पनि बच्नेछ ।

कसरी गरिय‍ो प्रयोग ?

यो प्रयोग युरोपमा चट्याङबाट सबैभन्दा बढी प्रभावित माउन्ट सान्टिस स्थित टेलिकम टावरमा गरिएको थियो । यो १२४ मिटर अग्लो टावर स्विसकम कम्पनीले उपलब्ध गराएको हो । यसका लागि केही मेसिन गोन्डोला २ हजार ५ सय मिटर अग्लो चुचुरोमा पुर्याइएको थियो ।

सन् २०२१ मा दुई महिनासम्म चलेको यो प्रयोगका क्रममा धेरै तीखो लेजर किरण प्रति सेकेन्ड १ हजार पटकको दरले आकाशतर्फ फ्याँकिएको थियो । यो लेजरको लक्ष्य चट्याङ थियो । जब यो प्रणाली सक्रिय थियो त्यहाँ चार पटक बिजुली स्ट्राइक भयो र यो हिटले सफलता पनि प्राप्त गर्यो ।

पहिलो पटक अनुसन्धानकर्ताहरूले दुईवटा उच्च-स्पीड क्यामेराको सहयोगमा चट्याङको बाटो घुमाएको घटना रेकर्ड पनि गरे । चट्याङ आफ्नो बाटोबाट १ सय ६० फिट अर्थात् करिब ५० मिटरसम्म हटेको थियो ।

यो प्रविधिले कसरी काम गर्छ?

फ्रान्सको इकोल पोलिटेक्निकको एप्लाइड अप्टिक्स प्रयोगशालाले यो प्रयोगको समन्वय गरेको थियो । लेजर लाइटनिङ रड प्रोजेक्ट नामको यो अनुसन्धानको प्रतिवेदन ‘नेचर फोटोनिक्स’ जर्नलमा प्रकाशित भएको छ । यो अनुसन्धानका प्रमुख लेखक भौतिकशास्त्री ओरेलियन ओउर भन्छन् – ‘हामीले पहिलो पटक प्राकृतिक बिजुलीको बाटो परिवर्तन गर्न लेजरको प्रयोग गर्न सकिन्छ भन्ने कुरा देखाएका छौं।’ प्राकृतिक बिजुली धेरै उच्च भोल्टेज विद्युतीय प्रवाह हो जुन बादल र जमिनको बीचमा बग्छ ।

मेसिन कहिले बन्छ ?

लेजर फायर गर्न प्रयोग गरिने मेसिन एउटा ठूलो कार जत्तिकै ठूलो र करिब तीन टन तौलको छ । यो मेसिन जर्मन कम्पनी ट्रम्पले बनाएको हो । जेनेभा विश्वविद्यालयका वैज्ञानिकहरूले पनि यो प्रयोगमा महत्त्वपूर्ण भूमिका खेलेका थिए । यो सम्पूर्ण प्रयोगमा एयरोस्पेस कम्पनी एरियन ग्रुपले पनि सहयोग गरेको थियो । यो प्रयोगको अवधारणा सन् १९७० को दशकमै तयार भएको थियो तर अहिलेसम्म यो प्रयोगशालामै सिमित रहदै आएको थियो । यो सम्पूर्ण प्रविधि मेसिनका रुपमा तयार भएर बजारमा आउन १० देखि १५ वर्ष लाग्न सक्ने बताईन्छ ।

चट्याङबाट जोगिन अहिलेसम्म प्रयोग हुँदै आएको बिजुलीको डण्डी १८ औं शताब्दीमा फ्र्याङ्कलिनले आविष्कार गरेका थिए । यो यन्त्र वास्तवमा धातुको रड हो जुन तार मार्फत जमिनमा गाडिएको हुन्छ । चट्याङ पर्दा त्यो पहिले यो रडको सम्पर्कमा आउँछ र तारको माध्यमबाट सम्पूर्ण विद्युत प्रवाह जमिनमा जान्छ । यो पुरानो प्रबिधिको सबैभन्दा ठूलो समस्या के हो भने यसले सानो क्षेत्र मात्र सुरक्षित गर्न सक्छ । स्रोत : रोयटर्स

प्रतिक्रिया