बिहीबार, जेठ २, २०८२

बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालखोज २०८० जेठ १ गते १३:३०

काठमाडौं । बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार रौतहटको गजुरा वडा नं २ घर भई हाल भक्तपुरको ठिमी बस्ने ३२ वर्षीय उत्तरमान गोलेलाई पक्राउ गरिएको हो ।

उक्त कार्यालयका अनुसार उच्च अदालत पाटन, ललितपुरको वि.सं २०७९ मङ्सिर १३ गतेको फैसलाले बैङ्किङ कसुर मुद्दामा चार लाख ६० हजार रुपैयाँ जरिवाना र दुई दिन कैद सजाय तोकी फरार रहेका गोलेलाई कार्यालयको विशेष टोलीले आइतबार भक्तपुरको लोकन्थलीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका गोलेलाई सोही दिन फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पठाइएको उक्त कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया