बिहीबार, जेठ ३०, २०८२

‘भुटानी शरणार्थी प्रकरणमा मेरो चरित्रमाथि बलात्कार भयो’

नेपालखोज २०८० जेठ १ गते १४:५२

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर चरित्रमाथि बलात्कार भएको बताएकी छिन् ।

आइतबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले फेक अडियो बनाएर आफूलाई बदनाम गरिएको बताएकी हुन् ।

उनले भनिन्, ‘फेक अडियो मेरो मात्र होइन, अरुको पनि बनेको छ, नाम मेरो मात्र उच्चारण किन भइरहेको छ ? साँच्चै भन्ने हो यो क्यारेक्ट असासिनेसन (चरित्र हत्या) होइन, दिस इज रेप अफ माइ क्यारेक्टर (यो मेरो चरित्रको बलात्कार) हो ।’

उक्त अडियोको फरेन्सिक जाँच गर्न ६ दिनअघि नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर क्राइम सेलमा निवेदन दिए पनि अहिलेसम्म जवाफ नपाएको देउवाले बताइन् ।

प्रतिक्रिया