बिहीबार, जेठ ३०, २०८२

टोपबहादुर रायमाझी सरकारी वकिलको कार्यालयमा

नेपालखोज २०८० जेठ १ गते १५:२७

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई सरकारी वकिलको कार्यालयमा लगिएको छ ।

अनुसन्धानका लागि हिरासतमा राख्न अदालतको अनुमति लिनुअघि रायमाझीलाई प्रहरीले सरकारी वकिलको कार्यालमा उपस्थित गराएको हो ।

प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले रायमाझीलाई काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको थियो । वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए ।

प्रतिक्रिया