टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति
नेपालखोज
२०८० जेठ १ गते १६:४६

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार साँझ पक्राउ परेका नेकपा एमालेका सचिव रायमाझीलाई तीन दिन हिरासत राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालतले अनुमति दिएको हो ।
उनी आइतबार राति बुढानिलकण्ठस्थित आफान्तको घरवाट ११ दिन पछि पक्राउ परेका थिए । आइतबार पक्राउ परेका उनलाई आज सोमबार जिल्ला अदालतमा उपस्थित गराइएको हो ।
सम्बन्धित

प्रतिक्रिया