शुक्रबार, जेठ ३, २०८२

शिवकुमार दिल्ली आएनन्, कर्नाटकमा मुख्यमन्त्री चयन भोलि हुने

नेपालखोज २०८० जेठ १ गते २२:०८

नयाँदिल्ली । कांग्रेस अध्यक्ष डीके शिवकुमार स्वास्थ्यका कारण दिल्ली नपुगेकाले कर्नाटकको मुख्यमन्त्रीबारे कांग्रेसको निर्णय भोलिसम्मका लागि स्थगित हुन भएको छ ।

उच्च रक्तचाप भएकाले चिकित्सकले यात्रा नगर्न सल्लाह दिएको शिवकुमारको कार्यालयले जनाएको छ ।

कांग्रेस उच्च कमाण्डले आज बिहान डीके शिवकुमार र सिद्धरामैयालाई दिल्ली बोलाएको थियो । दुवै नेता कर्नाटकमा मुख्यमन्त्रीको कुर्सीका दावेदार हुन् ।

सिद्धरामैया दिउँसोको उडानबाट प्रस्थान गरी आज साँझ दिल्ली पुगेका थिए ।

कांग्रेसको तीन सदस्यीय पर्यवेक्षण टोली सोमबार बिहान दिल्ली पुगेपछि दुवै नेतालाई बोलाइएको हो । कांग्रेस पर्यवेक्षण टोलीको नेतृत्व पूर्व केन्द्रीय मन्त्री सुशीलकुमार शिन्देले गरेका थिए ।

पर्यवेक्षकहरू पनि विधायकको मत भएको मतपेटिका लिएर दिल्ली पुगेका छन् । कर्नाटकका विधायकहरूले मतदानमार्फत मुख्यमन्त्री पदका लागि आफ्नो छनोट व्यक्त गरेका छन् ।

प्रतिक्रिया