शनिबार, असार २१, २०८२

नक्कली शरणार्थी प्रकरणले हामीलाई असर पर्‍यो : भुटानी शरणार्थी

नेपालखोज २०८० जेठ २ गते १२:५५

काठमाडौं । नेपालमा रहेका भुटानी शरणार्थीले नक्कली भुटानी शरणार्थी प्रकरणका कारण आफूहरुलाई समस्या परेको बताएका छन् ।

भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ता समितिले विज्ञप्ति जारी गर्दै आफूहरुको शरणार्थी परिचयपत्र ८ महिनादेखि नवीकरण नहुँदा परिचयविहीन बन्नुपरेको बताएको हो ।

नवीकरणमा ढिलासुस्ती गरेर गैरभुटानीलाई भुटानी शरणार्थी बनाइने हो कि भन्ने आशंकासमेत भएको भन्दै समितिले अविलम्ब परिचयपत्र वितरण गर्न माग गरेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र, निष्पक्ष छानबिन आयोग गठन गरी दोषीमाथि कारबाही गर्न पनि समितिले माग गरेको छ ।

प्रतिक्रिया