शुक्रबार, जेठ ३, २०८२

तुर्किएको चुनावमा उच्च मतदान

नेपालखोज २०८० जेठ २ गते १८:२८

तेहरान । इरानी विदेश मन्त्रालयका प्रवक्ता नासेर कनानीले सोमबार तुर्किएको राष्ट्रपति र संसदीय निर्वाचनमा भएको उच्च मतदानलाई ‘लोकतन्त्रको विजयको सङ्केत’ भएको बताएका छन् ।

आइतबारको चुनावमा टर्किएका नागरिकहरूको व्यापक सहभागितामा बारे टिप्पणी गर्दै मन्त्रालयको वेबसाइटमा प्रकाशित विज्ञप्तिमा कनानीले सो टिप्पणी गरेका हुन् ।

उनले टर्कीका जनता, निर्वाचनका आयोजकहरू, नेताहरू र राजनीतिक दलहरूलाई मतदानको सफल आयोजना गरी लोकतान्त्रिक गतिविधिको सुदृण पार्दै ‘लोकतन्त्रको विजय’ गराएकोमा बधाइ दिएका छन् ।

तुर्किएको पहिलो चरणको राष्ट्रपतिय र संसदीय चुनावमा मतदान गर्न लगभग ६ करोड मतदाताहरू दर्ता भएका छन् । विदेशमा रहेका करिब ३५ लाख मतदातालाई अग्रिम भोट हाल्न आह्वान गरिएको छ । झण्डै ८० प्रतिशत बढी मतदान भएको थियो ।

प्रतिक्रिया