‘सर्वाेच्चको फैसला स्वीकार्छु, पुनरावलोकनको बाटो पनि खुला छ’
नेपालखोज
२०८० जेठ ३ गते १४:०७

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्दै पुनरावलोकनको बाटो खुला रहेको बताएका छन् । कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जेल सजाय काटिरहेका चौधरीले पुनरावलोकनको बाटो खुला रहेको बताएका हुन् ।
डिल्लीबजार कारागारमा रहेका चौधरीले बुधबार विज्ञप्ति जारी गर्दै अदालतको आदेश स्वीकार्ने बताएका हुन् । उनले विज्ञप्तिमा भनिएकाे छ, ‘मिति २०८० जेष्ठ २ गते सम्मानित सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न । टीकापुर घटनालाई लक्षित बनाएर गरेको फैसला स्वीकार्दै भोलि पुनरावलोकनको बाटो हाम्रो लागि खुला छ,।’
सम्बन्धित

प्रतिक्रिया