बुधबार, जेठ २, २०८१

असार ६ देखि साफ च्याम्पियनसिप

नेपालखोज २०८० जेठ ३ गते १७:३४

काठमाडाैं । असार ६ गते भारतको बेंगलोरमा सुरु हुने साफ च्याम्पियनसिपको पहिलो खेल नेपाल र कुवेत बिच हुने तय भएको छ । दक्षिण एसियाको यो प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिपमा दक्षिण एसियाका ७ मध्ये ६ राष्ट्रको सहभागिता रहनेछ । श्रीलंका फिफाको प्रतिबन्धका कारण यो प्रतियोगिता बाट बन्चित हुनेछ ।

भारतको नयाँ दिल्लीमा आज बुधबार जारी खेलतालिका अनुसार नेपालले समूह ए अन्तरगत दोस्रो खेल आयोजक भारत तथा तेस्रो खेल पाकिस्तानसँग खेल्नेछ । नेपालले साविक विजेता भारतसँग असार ९ गते प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समूह चरणको अन्तिम खेल नेपालले पाकिस्तानसँग असार १२ गते खेल्नेछ ।

यसैगरि समूह बीमा साफको नयाँ सहभागि लेबनान सहित माल्दिभ्स, भुटान तथा बंगलादेश छन् । नेपाल यो प्रतियोगिताको अघिल्लो संस्करणमा फाइनलसम्म पुगेको थियो । साफ च्याम्पिनसिपको इतिहासमा नेपाल यहि एक पटक मात्र फाइनल पुग्न सफल भएको छ ।

यसपटक दक्षिण एसियाबाहिरका दुई राष्ट्र कतार तथा फेबनानले साफ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया