पाकिस्तानमा ढुकुटी रित्तिए पनि डिजेल र पेट्रोलको भाउ घट्यो

पाकिस्तान । आर्थिक तथा राजनीतिक संकट सामना गरिरहेको पाकिस्तानका जनताले केही राहत महसुस गर्न पाएका छन् । महँगीले ढाड सेकेका बेला पाकिस्तानी जनताले राहत महसुस गरेका छन् । पाकिस्तान सरकारले पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ सस्तो बनाएको छ। साथै डिजेलको मूल्य पनि घटेको छ ।
पाकिस्तानी अर्थमन्त्री इसाक डारले आगामी दुई हप्तासम्म पेट्रोलको मूल्य १२ रुपैयाँ र डिजेलमा प्रतिलिटर ३० रुपैयाँ सस्तो रहने बताए । प्रधानमन्त्री सहबाज सरिफ र उनको सरकारले अन्तर्राष्ट्रिय बजारमा घटेको मूल्यका आधारमा जनतालाई राहत दिने कोसिस गरेको अर्थमन्त्री डारले बताएका छन्। डारका अनुसार नयाँ मूल्यसूचि सोमबार राति १२ बजेबाट लागू भइसकेको छ। घटेको मूल्यपछि पेट्रोलको नयाँ मूल्य २७० रुपैयाँ पुगेको छ भने ३० डिजलको मूल्य २५८ रुपैयाँ पुगेको हो। डिजल प्रतिलिटर ३० रुपैयाँले सस्तो बनेको हो ।
पेट्रोलबाहेक पाकिस्तानमा मट्टितेल पनि सस्तिएको छ। लिटरमा १२ रुपैयाँ सस्तिएपछि नयाँ कामय मूल्य प्रतिलिटिर १६४।०७ रुपैयाँ पुगेको छ। यसैगरी लाइट डिजेलको मूल्य पनि १२ रुपैयाँ सस्तिएर १५२ रुपैयाँ कायम हुनेछ। पाकिस्तानको कुल तेल बिक्रीमा वार्षिक ४७ प्रतिशतले गिरावट आई १०।१७१ लाख टन पुगेको छ।
लगातार बढेको थियो मूल्य
पाकिस्तानी सरकारले केही महिनायता इन्धनको मूल्यमा लगातार वृद्धि गर्दै आइरहेको थियो । चरम आर्थिक संकट व्यहोरिरहेको पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा उच्च गिरावट आएको छ, जसले गर्दा आवश्यक वस्तुको आयात गर्न सकेको छैन । पाकिस्तानमा आटा, चामल, प्याजजस्ता दैनिकी उपभोग्य वस्तुको मूल्यले आमउपभोक्ताको ढाड सेकेको छ।
बिग्रँदो आर्थिक अवस्थाबीच पाकिस्तान सहयोगका लागि छटपटाइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० ले सन् २०१९ मा गरेको बेलआउट प्याकेज सम्झौताको पहिलो किस्ता १.१ अर्ब डलर दिनुपर्ने माग पाकिस्तान सरकारको छ। तर आइएमएफले यसका लागि स्वीकृति दिइसकेको छैन।
एजेन्सी
प्रतिक्रिया