शुक्रबार, जेठ ३, २०८२

जो टपर नभए पनि विश्व चर्चित भए

नेपालखोज २०८० जेठ ४ गते ९:१३

काठमाडौं । अल्बर्ट आइन्स्टाइन : वैज्ञानिक आइन्स्टाइनको विद्यालय जिवन संघर्षमय थियो । एक समयमा उनलाई विद्यालयबाट निकालिएको पनि थियो ।

स्टीव जब्स : एप्पलका सह(संस्थापकले एक सेमेस्टर पछि कलेज छोडे । पछि गएर तिनै स्टीव जब्स प्राविधिक उद्योगमा सबैभन्दा ठूलो क्रान्ति ल्याउन सफल भए ।

बिल गेट्स : माइक्रोसफ्टका यी संस्थापकले हार्वर्ड विश्वविद्यालय छोडेका थिए । समयक्रममा यीनै ब्यक्ति संसारका सबैभन्दा धनी भए ।

ओपरा विनफ्रे : इतिहासमा सबैभन्दा सफल टक शो होस्टहरू मध्ये एक विनफ्रेले स्कूल जीवनमा प्रसस्तै संघर्ष गरिन् । उनलाई टिभीका लागि उपयुक्त नभएको भनेर निकालिएको थियो ।

रिचर्ड ब्रान्सन : भर्जिन समूहका यी संस्थापकले डिस्लेक्सिया संग संघर्ष गरे । १६ वर्षको उमेरमा उनले विद्यालय छाडे । पछि गएर उनी अर्बपति उद्यमी बने ।

वाल्ट डिज्नी : मिकी माउस तथा डिज्नील्याण्डका निर्माता वाल्ट डिज्नीले पनि स्कूले जीवनमा धेरै संघर्ष गरेका छन् । कल्पनाशक्ति नभएको आरोप लगाउँदै उनलाई पत्रिकाको जागिरबाट निकालिएको थियो ।

स्टीवन स्पिलबर्ग : जार्ज , ईटी , जुरासिक पार्क जस्ता चलचित्रका निर्देशक स्टीवन स्पिलबर्गलाई दुई पटक विद्यालयबाट निकालिएको थियो ।

प्रतिक्रिया