रेशम चौधरीलाई रिहा गर्न कानुनी प्रक्रियाबाट काम चलिरहेको छ : प्रधानमन्त्री
नेपालखोज
२०८० जेठ ४ गते १५:३६

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेशम चौधरीलाई रिहा गर्न कानुनी प्रक्रियाबाट काम चलिरहेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद गङ्गाराम चौधरीले विसं २०७२ मा टीकापुरमा भएको आन्दोलनमा पहिचानसहितको अधिकार माग गर्दा रेशम चौधरीलगायत अन्यायमा परेका विषयमा सरकारले के गर्छ ? भनी गरेको प्रश्नमा प्रधानमन्त्रीले उक्त जवाफ दिएका हुन् ।
सर्वोच्च अदालतले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न दिएको आदेश किन कार्यान्वयन भएन ? किन बाधा, अड्चन आयो ? भनी चौधरीले प्रश्न राखेका थिए ।
टीकापुरलगायत पहिचानका लागि भएका अन्य आन्दोलनमा संलग्न बन्दीलाई रिहा गर्न विधेयक तयार भएको जवाफ प्रधानमन्त्री दाहालले दिएका छन् । रेशम चौधरीलाई रिहा गर्न कानुनी प्रक्रियाबाट नै सरकारले काम गरिरहेको उनको भनाइ थियो ।
सम्बन्धित
प्रतिक्रिया