चाैबीस घण्टामा कति संक्रमित थपिए ?

नेपालखोज २०८० जेठ ४ गते १७:१०


काठमाडौं । नेपालमा पछिल्लाे चाैबीस घण्टामा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ८३९ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा २४ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

७६१ नमुनाको पीसीआर परीक्षण गर्दा १४ र एक हजार ७८ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको हो ।

हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भएको छ । देशभर १५ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ९ लाख ९१ हजार १५५ पुगेको छ ।

प्रतिक्रिया