शुक्रबार, जेठ ३, २०८२

चाडमा १२ जना गाउँले र ६ जान जना डाकुको मृत्यु

नेपालखोज २०८० जेठ ४ गते १८:०९

याउण्डे । सशस्त्र डाकुहरूले दक्षिणपश्चिम चाडको लोगोन ओरिएन्टल क्षेत्रको एउटा गाउँमा आक्रमण गर्दा कम्तीमा १२ जना गाउँले र छ जना डाकुको मृत्यु भएको छ ।

स्थानीय अधिकारी र सञ्चारमाध्यमले जनाएअनुसार उक्त आक्रमण यस क्षेत्रको उप-प्रिफेक्चर लारामनायेमा अवस्थित मकाते गाउँमा बुधबार बिहान भएको हो । लारामनायेका उप-प्रदेश प्रमुख डिजिमेट ब्लामा सुकले जनाएअनुसार नौजना मृतकको पहिचान भएको छ ।

त्यसैगरी सुरक्षा बलले आठ आक्रमणकारीलाई पक्रन सफल भएको छ । यता स्थानीय सञ्चारमाध्यमले आक्रमणकारी चाडियन नभएको बताएका छन् । ओरिएन्टल क्षेत्र क्यामरून र मध्य अफ्रिकी गणतन्त्र सीमाना छ ।

राष्ट्रव्यापी भ्रमणमा रहेका चाडियन सङ्क्रमणकालीन राष्ट्रपति इद्रिस डेबी इत्नोले यो खबरले आफू दुखी भएको बताएका छन् । देशको मसेन्या इलाकामा आयोजित र्याकलीमा भीडलाई सम्बोधन गर्दै इट्नोले भनेका छन्- ‘म पीडितका परिवारप्रति हार्दिक समवेदना प्रकट गर्न चाहन्छु र सुरक्षा बलहरूलाई पनि बधाइ दिन चाहन्छु जसले यी डाकुहरूलाई सीमा पार गर्नुअघि पक्राउ गर्न सफल भयो ।’

प्रतिक्रिया