मंगलबार, जेठ १, २०८१

मछिन्द्र र फ्रेन्डसले अंक बाँडे

नेपालखोज २०८० जेठ ४ गते १९:०७

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजनमा तेस्रो स्थानमा रहेको मछिन्द्र फुटबल क्लव बराबरीमा रोकिएको छ । बिहीबार दशरथ रंगशालामा भएको खेलमा फ्रेन्डस क्लवसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।  

फ्रेन्डसका लागि प्रकाश बुढाथोकी र रफिक अमिनोले गोल गर्दा मछिन्द्रका लागि अफिज ओलाओलेले एक्लैले दुई गोल गरेका थिए । 

खेलमा बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका प्रकाश बुढाथोकीले फ्रेन्डसलाई अग्रता दिलाएका थिए । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको ६८ औं मिनेटमा प्रकाश बुढाथोकीले गोल गर्दै फ्रेन्डसलाई अग्रता दिलाएका थिए ।  

त्यसपछि खेलको ७०औं मिनेटमा मछिन्द्रले बराबरी गोल फर्काएको थियो । अफिज ओलाओले कर्नरमा आएकोे बलमा गोल गर्दै बराबरी गरेका हुन् । 

यस बराबरीसँगै मछिन्द्रले १९ खेलमा ३१ अंक जोडेको छ ।  मछिन्द्र तेस्रो स्थानमा रहेको छ । फ्रेन्ड्सले १९ खेलमा २१ अंक जोडेको छ । फ्रेन्ड्स १२ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया