देउवापुत्र जयवीर र कभर सिंगर शिवानाले औंठी साटे, इन्गेजमेन्टको तयारी
नेपालखोज
२०८० जेठ ४ गते २०:३८

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह र कभर सिंगर शिवाना श्रेष्ठले औँठी साटेका छन् ।
सिंह र श्रेष्ठले औंठी साटेको तस्वीर शिवानीकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन्, ‘खुसी, विश्वासै गर्न सकिरहेको छैन।’
पूर्वप्रधानमन्त्री देउवा तथा उनकी पत्नी समेत रहेकी कांग्रेस सांसद आरजु राणाले भने यसबारेमा कुनै प्रतिक्रिया दिएकी छैनन् ।
तस्वीरमा शिवानाको हातमा औंठी लगाएको देख्न सकिन्छ । डिनर भोजमा सबै जना उपस्थित भएर ‘क्याजुअल सेलिब्रेसन’ गरेको देखिएको छ ।
शिवानाको इन्स्टाग्राम टाइमलाइन हेर्दा यी दुईजना लामो समयदेखि ‘रिलेसनसिप’मा रहेको बुझ्न सकिन्छ भने शिवानाको परिवारसँग जयवीरको घनिष्टता पनि देखिन्छ ।
देउवा निकट स्रोतका अनुसार केही दिनमा पारिवारिक इन्गेजमेन्ट गर्ने तयारी भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया