के दाेष मेराे !
नेपालखोज
२०८० जेठ ४ गते २०:५१

म पुलिसको भ्यानमा चढ्दै गर्दा
अनुहारमा माक्स लगाएको थिइनँ
त्यसैले मेरो मुस्कान देखियो
हातमा हत्कडी थिएन
त्यसैले खुसीसाथ हात हल्लाउने अवसर पाइयो ।
भोलि के हुन्छ,
पुलिसलाई के थाहा
तिनले मलाई सम्मान नै देखाए
त्यसैले मेरो छाती गर्वले चौडा भयो ।
भ्रष्टाचारको कसुर लाग्दैमा
लजाउनु नै पर्छ भन्ने कहाँ छ ?
संविधानमा त लेखिएको छैन त्यस्तो ।
म नलजाएको देखेर
लाज लजाउँछ भने
त्यसमा के दोष मेरो ?
सम्बन्धित
प्रतिक्रिया