बागमतीको मन्त्रालय भागबण्डा मिल्यो, कसलाई कति ?

काठमाडौं । सत्ता गठबन्धनका केन्द्रीय तहका नेताहरुको बैठकले बागमती प्रदेशको मन्त्रालय भागबन्डा टुंगो लगाएको छ । मन्त्रालय भागबन्डामा सहमति नहुँदा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गर्न सकेका थिएनन् ।
एकीकृत समाजवादीका बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालले खालि रहेका ५ मन्त्रालयमध्ये कांग्रेसले ३ र एकीकृत समाजवादीले २ मन्त्रालय पाउने बालुवाटारमा सहमति भएको छ ।
११ सदस्यीय मन्त्रिपरिषदमा अहिले माओवादीबाट ४ र कांग्रेसबाट २ मन्त्री छन् ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र बागमतीका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेलगायत थिए ।
प्रतिक्रिया