लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

काठमाडौं । लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।
नेपाली सेनाका अनुसार संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि खट्टिने क्रममा यही जेठ चार गते युनाईटेड नेशन सर्पोट मिसन अफ लिबियामा तैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फालाई बदली गर्नको लागिस्पेशल गार्ड युनिट (शान्ति सेना) पाँचौं डफ्फाका ११५ जना शान्ति सैनिकहरुको अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
नेपाली सेनाका अनुसार सेनानी रामेश्वर कार्कीको नेतृत्वमा नेपाल एयरलायन्सको विमानमार्फत मिशन ईलाकातर्फ प्रस्थान गरेको हो । प्रमुख सेनानी भाईकाजी थापाको कमाण्डमा खटिएको उक्त युनिटका ११५ जना सकल दर्जाहरु यस अगावै मिशन ईलाका पुगिसकेका छन् ।
यस्तै, उक्त मिशनमा तैनाथस्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फाका ११५ जना शान्ति सैनिकहरु सेनानी अनन्त बहादुर सिंहको नेतृत्वमा आज शुक्रबार स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया