समयनिष्ठ बानीको विकास

समयमै काम सिध्याउनु निकै फाइदाजनक हुन्छ । यसमा सफलताको सम्भावना पनि नजिक हुन्छ ? समय तालिका अनुसार कार्य सम्पन्न गर्नुका धेरै लाभहरु छन् । महत्त्वपूर्ण काम निश्चित समयमा गर्ने बानी बसाले आफैलाई फाइदा हुन्छ । यसरी काम गर्दा त्यो काम गर्न अल्छी लाग्दैन । निश्चित समयमा गर्ने बानी बसाले त्यो हाम्रो बानीमा परिणत हुन्छ र हामी मनैले त्यसमा संलग्न हुनथाल्छौं । एक पटक यस्तो बानी बसालेपछि हाम्रो शरीर र दिमाग दुवै पूर्ण रूपमा सक्रिय र सहयोगी हुन्छन् ।
यसमा हामीलाई आनन्द पनि आउनेछ जसले कामलाई सजिलो बनाउँछ । समय बित्दै जाँदा हामिले त्यो काम अझ राम्रो गर्ने तरिकाहरू फेला पार्नेछौं । संकल्प नै सफलताको पहिलो सर्त हो । यो सत्य हो कि सफलताको बाटोमा धेरै प्रकारका बाधा – अडचनहरु हुन्छन् तर ती बाधाहरु व्यक्तिको दृढ संकल्पका अगाडि निकै साना हुन्छन् । जुन मानिसमा दृढ संकल्प छैन उ सफलताको बाटोमा केही पाइला त हिड्छ तर उ थाकेर बस्छ । संकल्प नै सफलताको पहिलो सर्त हो। जसमा दृढ संकल्प छ उसले मात्र आफ्नो लक्ष्य प्राप्त गर्छ । कसरी क्षमता वृद्धि वा सुधार हुन्छ ? परिणाम विनाको क्षमता बेकार छ । क्षमता कसरी वृद्धि वा सुधार हुन्छ भन्ने कुरा महत्त्वपूर्ण छ ।
यो तब बढ्छ जब मानिसहरूलाई थाहा हुन्छ कि उनीहरूबाट अरुले के आशा गरेका छन् ? उनीहरूलाई यो पनि थाहा हुनुपर्छ – उनीहरू आफैंबाट के आशा राख्छन् ? आफ्ना सीमाहरु बुझ्नुपर्छ । जब हाम्रो दक्षता बढ्छ तब मात्र उपलब्धि हासिल हुन्छ र उपलब्धि पछि मात्र पुरस्कार प्राप्त हुन्छ । जसले जति धेरै उपलब्धि हासिल गर्छ उसैले सबैभन्दा बढी पारितोषिक पाउँछ । असफलतामै सफलता लुकेको हुन्छ ।
हामीले बिर्सनु हुँदैन कि कोलम्बसले अज्ञात संसारको सपना देखेका थिए । उनले आफ्नो जीवनलाई एउटा यस्तो संसारको खोजिमा लगाए जसको अस्तित्व नै अज्ञात थियो । उनि त्यहि अज्ञातको खोजीमा थिए । यदि तपाईं केहि गर्न चाहनुहुन्छ भने पहिले त्यसमा विश्वास गर्नुहोस्, त्यसपछि अगाडि बढ्नुहोस् र काम फत्ते गर्नुहोस् । हरेक असफलताले साथमा सफलता पनि ल्याउँछ ।

प्रतिक्रिया