आइतबार, वैशाख १६, २०८१

म्यानचेस्टर युनाइटेड ह्यारी मगायरलाई भित्र्याउन तयार

नेपालखोज २०८० जेठ ६ गते १८:३८

काठमाडाैं । इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले ह्यारी मगायरलाई भित्र्याउन तयार भएको छ ।

फुटबल ट्रान्सफका अनुसार युनाइटेडले मगायरका लागि टोटनहामसामू ४० मिलियन पाउण्डको प्रस्ताव राखेको छ। तर नयाँ प्रशिक्षक नियुक्त नभएसम्म टोटनहम कुनै खेलाडी भित्र्याउने योजनामा छैन ।

प्रशिक्षक एरिक टेन हागको योजनामा नरहेका ३० वर्षीय इङ्लिस रक्षक मगायरलाई युनाइटेड अन्यन्त्र पठाउन चाहन्छ । युनाइटेड र मगायरबीचको सम्झौता सन् २०२५ सम्म छ ।

सन् २०१९ मा प्रिमियर लिगकै अर्को क्लब लेस्टर सिटीबाट ओल्ड ट्राफोर्ड भित्रिएका मगायरले एक सय १७ प्रिमियर लिग खेलमा चार गोल गरेका छन् । प्रिमियर लिगकै क्लब वेस्टह्यामले पनि मगायर भित्र्याउने इच्छा देखाएको छ । 

प्रतिक्रिया