सोमबार, वैशाख १७, २०८१

आईपीएल-२०२३ : प्लेअफका ३ टिम तय

नेपालखोज २०८० जेठ ७ गते ६:३२

काठमाडौं । आईपीएल-२०२३ को ६८ औँ खेलमा केकेआर लाई पराजित गर्दै लखनउ सुपर जायन्ट्सले आफ्नो प्लेअफको टिकट पक्का गरेको छ । योसँगै अब अन्तिम ४ का लागि तीन टिमको टुङ्गो लागेर स्थान पनि तय भएको छ ।

गुजरात टाइटन्स शीर्ष स्थानमा छ र अन्तिमसम्म उसको स्थान यही रहनेछ भने चेन्नइ दोस्रो स्थानमा छ । यता लखनउ सुपर जायन्ट्स १७ अङ्कसहित तेस्रो स्थानमा रहनेछ ।

अब चौथो स्थानका लागि आरसीबी र मुम्बई इन्डियन्सबीच भिडन्त हुनेछ । यदि दुवै टिमले आफ्नो अन्तिम खेल हारे भने राज स्थानको भाग्य खुल्नेछ। यदि मुम्बई इन्डियन्सले आफ्नो अन्तिम खेलमा सनराइजर्सलाई हरायो र आरसीबीले गुजरात टाइटन्सलाई पराजित गर्‍यो भने नेट रनरेटका आधारमा प्लेअफ खेल्ने अर्को टिमको टुङ्गो लाग्नेछ ।

अहिले सम्म बेंगलुरुको नेट रन रेट ०.१८० र मुम्बईको -०.१२८ छ जुन बेंगलुरुको भन्दा धेरै कम हो । यस्तो अवस्थामा मुम्बईले कम अन्तरमा खेल जित्यो भने पनि उ प्लेअफ बाट बाहिरिने छ अर्थात् मुम्बईलाई ठुलो जित चाहिएको छ । अन्यथा उसले आफ्नो जितका साथ आरसीबीको हारको कामना गर्नुपर्छ । यदि यी दुवै टिम हारे भने राजस्थानका लागि अवसर हुनेछ ।

राजस्थानले १४ मध्ये ७ खेल जितेर १४ अङ्क जोडेको छ । राज स्थानको नेट रनरेट ०.१५ र आरसीबीको नेट रनरेट ०.१८ छ अर्थात् केवल ०.०३ को भिन्नता छ । मुम्बई माइनसमा छ । यदि मुम्बई र आरसीबी दुवैले आ-आफ्नो खेल हारे भने त्यस्तो अवस्थामा राजस्थान रोयल्स प्लेअफमा पुग्न सक्छ अर्थात् सञ्जु सामसनको टिमको आशा सकिएको छ भन्नु गलत हुनेछ ।

पहिलो क्वालिफायरको स्पष्ट तस्बिर

यस बाहेक, अब के स्पष्ट भैसकेको छ भने चेन्नई सुपर किंग्स अङ्क तालिकामा दोस्रो स्थानमा हुनेछ भने गुजरात टाइटन्सले आरसीजीसँग अन्तिम खेल हारे पनि शीर्ष स्थानमा रहनेछ। अर्थात् मे २३ मा हुने पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्सले गुजरात टाइटन्सको सामना गर्नेछ ।

यो खेलको विजेता टिम फाइनलमा प्रवेश गर्नेछ । हार्ने टिमले मे २६ मा अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ । आईपीएल – २०२३ को फाइनल अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा मे २८ मा हुनेछ ।

प्रतिक्रिया