सोमबार, वैशाख १७, २०८१

ए डिभिजन लिगमा आज तीन खेल

नेपालखोज २०८० जेठ ७ गते ७:४८

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीन खेलहरु हुँदैछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र संकटा क्लबबीच साँझ ६ बजे प्रतिस्पर्धा हुनेछ।

यस्तै च्यासल मैदानमा न्युरोड टिम एनआरटी र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

प्रतिक्रिया