कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?

नेपालखोज २०८० जेठ ७ गते ८:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ४९ पैसा र बिक्री दर १४३ रुपैयाँ १४ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ०१ पैसा र बिक्री दर १६४ रुपैयाँ ७५ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २१ पैसा र बिक्री दर ३६ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया