शनिबार, जेठ ३२, २०८२

बागमती प्रदेशमा मन्त्रिपरिषद् बिस्तार

नेपालखोज २०८० जेठ ७ गते १६:०७

मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले छ नयाँ मन्त्री नियुक्त गरेका छन् ।

मन्त्री हुनेमा नेपाली कांग्रेसको तर्फबाट उत्तम जोशी, पुकार महर्जन, मसिना खड्का, रामकृष्ण चित्रकार तथा नेकपा (एकीकृत समाजवादी)को तर्फबाट डा. राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्साल छन् ।

उत्तम जोशीले स्वास्थ्य, मसिना खड्काले वन तथा वातावरण, पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । साथै डा. राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी विकास, लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायात र रामकृष्ण चित्रकार बिना विभागीय मन्त्री नियुक्त भएका हुन् ।

यसअघि २०७९ साल पुस २५ मा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका संसदीय दलका नेता जमकट्टेल प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

तत्कालीन समयमा सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एमाले)मा मन्त्रीहरु पनि सहभागी थिए । तर राप्रपा र एमाले सरकारबाट बाहिरिएपछि रिक्त पदमा नयाँ मन्त्री नियुक्त गरिएको हो ।

प्रतिक्रिया