बझाङमा हिमपहिरो : ३ जना बेपत्ता, दुई जना घाइते
नेपालखोज
२०८० जेठ ७ गते १७:५८

धनगढी । बझाङको हिमपहिरोमा ३ जना बेपत्ता तथा दुई जना घाइते छन् ।
आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको खबर आएको स्रोतले बताएको हो ।
अहिले घटनास्थलतर्फ प्रहरी टोली गएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा र सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको हो ।
सम्बन्धित
प्रतिक्रिया