शुक्रबार, असोज ४, २०८१

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० जेठ ७ गते २२:४२

बझाङमा हिमपहिरोमा परी एकको मृत्यु, दुई घाइते, दुई बेपत्ता ।

शरणार्थी प्रकरणमा सोमबार सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने प्रहरीको तयारी ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई थप ३ दिन हिरासतमा राखिने ।

पूर्वसभासद आङटावा शेर्पाविरुद्ध ५ जना पीडितहरुले किटानी जाहेरी ।

सन्दीप लामिछानेको मुद्दामा किशोरीको जन्मदर्तासम्बन्धी कागज मगाउन आदेश ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तय, जेठ १७ गते भारत जाने ।

बागमती प्रदेशका ६ मन्त्रीले लिए शपथ ।

लडाकु शिविरमा अनियमितता नभएको माओवादी केन्द्रको निष्कर्ष ।

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार बनाउन सिफारिस ।

१० महिनामा १२ खर्ब ४ अर्ब बराबरको व्यापार घाटा ।

विधेयक पारित नगरी सुदूरपश्चिमको हिउँदे अधिवेशन अन्त्य ।

ए डिभिजन लिगमा दुई खेल बराबरीमा रोकिदा अर्को खेलमा मच्छिन्द्रको जित ।

प्रतिक्रिया