शुक्रबार, चैत १६, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

नेपालखोज २०८० जेठ ८ गते ११:१४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १ लाख ९६ हजार ८३३ कित्ता संस्थापक सेयर बिक्री ल्याएको छ । बैंकले संस्थापक शेयर धनीको नाममा भएको उक्त सेयर बिक्रीमा ल्याएको हो ।

यस सेयरमा हाल कायम संस्थापक शेयर धनीहरूले मात्रै आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक शेयर धनीहरूले ३५ दिनभित्र काठमाडौंको दरबारमार्ग स्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयर सङ्ख्या र प्रतिकित्ता दररेट खुलाई बोलपत्र पेस गर्नुपर्नेछ ।

तोकिएको समयपछि संस्थापक शेयर धनीहरूबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया