बुधबार, वैशाख १२, २०८१

हो, जनता नबेच्ने हर्क साम्पाङ ‘बहुला’ हो !

नेपालखोज २०८० जेठ ९ गते ७:४६

ढुङ्गा बोक्ने बहुला हो
गिट्टी फोर्ने-बहुला हो !
चोर्न सक्ने ठाउँमा पुगेपछि पनि
चोर्दै नचोर्ने-बहुला हो !

यति, ओम्नी नपाल्ने – बहुला हो
कात्रोमा खल्ती नहाल्ने – बहुला हो !
कति दुख गरेर मिलीजुली भत्काएको देश
एक्लै बनाउन थाल्ने – बहुला हो !

बजेट खाई-भ्याउन छोडेर
काम गरी भ्याउने -बहुला हो !
आँगनमा पानीजहाज ल्याउन छोडेर
धारामा पानी ल्याउने -बहुला हो !
झोला नबोक्ने -बहुला हो
दास नबने -बहुला हो !
भ्रष्टाचारीलाई ‘बा’ नभन्ने- बहुला हो !

चुनाव जितेपछि पनि व्यवहार फेर्ने बहुला हो
देश नबना भन्दा मरिगए नटेर्ने बहुला हो !
तुइनबाट नदीमा खस्दैगरेको मान्छेलाई
भ्यू टावरबाट दूरबिनले नहेर्ने – बहुला हो !
हो, जनता नबेच्ने हर्क साम्पाङ ‘बहुला’ हो !

प्रतिक्रिया