शुक्रबार, वैशाख १४, २०८१

बालापन हराएकी बालिका

नेपालखोज २०७७ माघ ३ गते ११:३९

सडक मेरो महल सडक नै मेरो बंगला, सडक नै मेरो जिउने साहारा । यहि बाटोको कुना काप्चामा बनेको कुवाको पानी मेरो प्यास मेटाउने आधार । बाटोमा हिँड्ने मानिस नै मेरो एक छाकको देउता । उनीहरु नै मेरो ईश्वर । उनीहरु कै पूजा गर्ने गरेको थिए । देउताको भिडमा अनगिन्ति राक्षसहरु पनि थिए । कहिले काहीँ हात फैलाउँदा लात हान्थे ।

साउन महिना प्रायः आकाश रुन्थ्यो । उसको आसु सहन त्यति सजिलो थिएन । कहिले ढलको रिङभित्र बसिन्थ्यो त कहिले पानीबाट बच्न पार्टी पौवा खोजिन्थ्यो । कुनै महिना त पानीको बेग यति तीव्र हन्थ्यो न ढलले रोक्थ्यो न पार्टी पौवाले छेक्थ्यो । पानीमात्र स्वर्थी होइन, चैत वैशाखको घामले कति पटक बाटोमा नै ढले, त्यसको गणना नै छैन ।

मेरी आमा निर्दही थिइन् । यो संसार मलाई देखाइ र आफूले कहिले नदेख्निे गरि मलाई छोडेर गइन् । आमा थिइन् भने मेरो सडकको बास हुन्न थियो होला । सौतेनी आमाको निर्दही व्यवहार सहन पर्दैन थियो होला । यो गल्ली बाटो सबै ठाउँमा म जस्तै केटाकेटी देख्थे । तर, फरक त्यो थियो उनीहरुको जिउमा ब्याग हुन्थ्यो, मेरो जिउमा धोक्रो ।

उनीहरुको हातमा मिठामिठा खानेकुराको टिफिन बक्स हन्थ्यो, मेरोमा प्लास्टिकका छोलाहरु हुन्थे । उनीहरुको लुगा मिलेको हुन्थ्यो, मेरो फोहोरले लत्पितिएको ।

पढ्न मन छ ? मन त छ, तर माया गरेर पढाउने भए मात्र । हामी तिमिलाई पढाइदिन्छौ हुुन्छ ? नाई हुँदैन, मैले भने । किन हुँदैन । हजुरहरुले पनि मलाई कुट्ने होला ? हैन हैन माया गरेर पढाउछौं । मिठो खानेकुरा खुवाउछौ । महिनै पिछे घुमाउन पनि लान्छौं । तिमीले मम्मि पनि पाउछौ अनि साथिहरु पनि पाउछौं । ल भन हामीसँग जान्छौं । मलाई हेड्बिन किन्दिने हो ? हो किन्दिने हो । अनि गाँजल पनि चाहिन्छ । त्यो पनि किन्दिन्छौं । यति सुनेपनि म उत्पात खुशी भए । र सोधे अनि सर मलाई लाने चाहि कहाँ हो ? एसओएस ।

खोटाङकी धनिमनिकी छोरी म । समयले सडक बालिका बनाएको थियो । एक छाकको लागि दौडिएकी थिए । धेरै जसो भोकै पनि सुते, सुते नभनौं ढलेकी थिए । कहिले काहीँ एकान्तमा सम्झन्थे, बुबा हुन त म तिम्रै छोरी हुँ, किन यस्तो गरौं । आमा अर्काको भएर के भयो त, रगत तिम्रो नै हो । सहन सजिलो थिएन सौतेनी आमाको गाली र व्यवहार । आफ्नो शरीर हेर्थे, र झस्किन्थ्ये ढाडमा भएको डाम देख्दा । कति नमज्जाले चक्कुले काटेकी थिइन् । केही भन्न सकेनौ है बाबा । हातमा पोलेको डोब अझै उस्तै छ । कहाँ सक्छु र बिर्सिन ।

तीन वर्षको उमेरमा कसैले के बन्ने भनेर सोध्दा डाक्टर बन्ने भन्थे रे । डाक्टर त भए तर, हस्पिटलको होइन्, यी सडक बालबालिकाको । घाउ चोट लाग्यो भने म सँगै आउँथे । खुशी मान्दै जानेको उपचार गरिदिन्थ्ये । जस्तो बिरामी उस्तै डाक्टर भने जस्तो थियो । मेरा बिरामी सबै म जस्ता, उमेर १० न नाघेका ।

म बसिरहेको ठाउँमा तीन वटा गाडी रोकिँयो । गाडीबाट एक हुल मान्छे निस्किए । उनीहरुको पहिरन देख्दा माग्ने आँट पनि आएन । न पैसा दिँदा मेरो मैलो उनीहरुको टल्कने लुगामा सर्ने पो हो कि भन्ने डर थियो । त्यो हुल मेरो नजिकै आएपछि मनमा कल्पनाहरु रच्न थाले । धेरै सुकिला मुकिला देखिन्छन् । कम्तिमा पनि १०० रुपैयाँ माग्छु । १०० रुपैयाँ दियो भने अस्ति त्यो बहिनीले लगाएको हेड्बिन च्याप्ने किन्छु । पैसा पुग्यो भने गाजल पनि किन्ने हो । अनि साँचै १०० रुपैयाँमा त धेरै कुरा पो आउँछ ।

अरु के–के किन्ने होला ? सोची नसक्दै त्यो हुल मानिसहरु मै निर आए । लुगामात्रै हैन जुत्ता पनि उत्तिकै टल्किएको थियो । अलि अग्लो मान्छे म तर्फ फर्कियो । फर्केपछि मैले भने, दुई दिन भयो सर खाना खाएको छैन । भोक लागिरहेको छ पैसा दिनुस् न । पैसा त दिन मिल्दैन नानु, हामी कसैलाई पैसा दिँदैनौ । मैले फेरी अनुरोध गरे दिनुस् न सर म एकदमै भोको छु । लुगा मात्र राम्रो लगाएका रहेछन् । पैसाको सट्टा ब्यागबाट चाउचाउ छिकेर दिए । चाउचाउ दिन नपाउँदै प्रश्न गरे ।

नाम के हो नानुको, प्रगति । कति वर्षकी भयौं ? बाबामम्मि खै ? दिएको चाउचाउ पनि खान मन लागेन । कति सोधेको होला छ्या । मन न लागि न लागि भन्दिए । खोटाङमा हुनुहुन्छ बाबा । अनि मम्मि हुनुहुन्न। तिमी कसरी यहाँ आइपुग्यौ नानु ? मायालु स्वरमा मेरो सम्पूर्ण व्यक्तिगत कुराहरु ओकल्न लगाए । त्यसपछि मैले भने घरमा बस्न सकिन, बस चढेर आए । अहिले यतै बस्छु । पढ्न मन छ ? मन त छ, तर माया गरेर पढाउने भए मात्र । हामी तिमिलाई पढाइदिन्छौ हुुन्छ ? नाई हुँदैन। किन हुँदैन । हजुरहरुले पनि मलाई कुट्ने होला ? हैन हैन माया गरेर पढाउछौं । मिठो खानेकुरा खुवाउछौ । महिनामा एक पटक घुमाउन पनि लान्छौ । तिमीले मम्मि र साथिहरु पनि पाउँछौं । ल भन हामीसँग जान्छौं । मलाई हेड्बिन किन्दिने हो ? किन्दिने हो । अनि गाजल पनि चाहिन्छ । त्यो पनि किन्दिन्छौं । यति सुनेपनि म उत्पात खुशी भए । र सोधे अनि सर मलाई लाने चाहीँ कहाँ हो ? एसओएस ।

बाँकी अर्को अंकमा

प्रतिक्रिया