कान्सको रातो कार्पेटमा युक्रेनी पिडा
७६ औं कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा युक्रेनी झण्डाको रंगको पहिरन लगाएकी एक महिलाले युक्रेन माथि रुसि हमलाको विरोध गरेकी छिन् ।
फ्रेन्च फिल्म निर्देशक जस्ट फिलिपको फिल्म ‘असाइड’ को स्क्रिनिङका क्रममा ती महिलाले आफ्नै शरिरमा नक्कली रगत खन्याइन् । उनलाई त्यहाँबाट सुरक्षा कर्मचारीहरूले हटाएका थिए । उक्त घटनाक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
कसैलाई सोच्ने मौका नदिइ उनले आफैंमा रगत बगाउन थाले पछि नजिकै उभिएका सुरक्षाकर्मीले उनलाई तत्काल सिँढीबाट तल ल्याएर कार्यक्रमबाट बाहिर निकालेका थिए । कान्स फिल्म फेस्टिभलका निर्देशक थियरी फ्रे म्याक्सले गत हप्ता कार्यक्रम अघि भनेका थिए यो महोत्सव युक्रेनसँग ऐक्यबद्धतामा उभिएको छ ।
यसअघि महोत्सवको उदघाटन समारोहमा फ्रान्सेली अभिनेत्री क्याथरिन डेनेउभले युक्रेनी कवि लेसिया युक्रेन्काको कविता होप वाचन गरी युद्ध पीडितहरूलाई श्रद्धाञ्जली अर्पण गरेकी थिइन् ।
गत वर्ष पनि यस्तै
गत वर्ष रूसी प्रतिनिधिमण्डल वा रूसी सरकारसँग जोडिएका फिल्म कम्पनीहरूमाथिको प्रतिबन्ध लगाइएपछि यो वर्षको समारोहमा पनि त्यो निर्णय कायमै छ ।
स्मरण रहोस् सन् २०२२ को कान्स फिल्म फेस्टिभलको रातो कार्पेटमा एक महिलाले आफ्नो शरीरमा युक्रेनको झण्डाको रंगमा रंगिएको पहिरन फुकालेकि थिइन् । ती महिलालाई पनि सुरक्षाकर्मीहरुले त्यहाँ बाट हटाएका थिए । -AFP
प्रतिक्रिया