मधेश सरकारबाट बाहिरिने माओवादीको निर्णय
नेपालखोज
२०८० जेठ ९ गते १३:४०

काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ।
गठबन्धनका केन्द्रीय नेताहरूबीच भएको बैठकको निर्णय विपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
माओवादी केन्द्र संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने निर्णय गरेको एक नेताले जानकारी दिए ।
मन्त्रालय भागबण्डाका लागि हिजो बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो । तर बैठकमा सहमति जुटेको थिएन ।
सम्बन्धित
प्रतिक्रिया